मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने

हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अध्यक्षतामा आज यहाँ बसेको सर्वदलीय एवम् सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । 

प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित सर्वदलीय एवम् सर्वपक्षीय  बैठकमा प्रदेश सरकारका मन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, सांसद, शिक्षासँग सम्बन्धित विपद् एवम् विशेषज्ञ तथा प्रशासनिक निकायका प्रमुखको बैठकले क्याम्पसलाई विश्वविद्यालय बनाउने सहमति गरेको हो । विश्वविद्यालय निर्माणका लागि हस्ताक्षर सङ्कलन पनि गरिने छ । 

EPIC EPIC EPIC

उक्त क्याम्पसलाई विश्वविद्यालय बनाउनु आफैँमा गौरवको विषय भएकाले तदारुकताका काम अगाडि बढाउनुपर्नेमा बैठकमा सहभागीले जोड दिनुभएको थियो । 

बैठकमा प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्यहरु एकलाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, प्रेमवहादुर पुलामी, जिल्ला समन्वय समितिका मकवानपुरका प्रमुख ललित घलान, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर थापालगायतको सहभागिता थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च