मतदाता नामावली दर्ताका लागि पाँच दिन थप : साढे २ लाखभन्दा धेरै नयाँ मतदाता थपिए

काठमाडौं – निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउनेको चाप बढेपछि पाँच दिन समय थप गरेको छ । आयोगले हिजो शुक्रवार निकालेको विज्ञप्तिमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकको सहजता र सुविधाका लागि नाम दर्ता गर्ने अवधि मङ्सिर ५ गतेसम्मका लागि थप गरिएको उल्लेख छ ।

प्रधानमन्त्री सुशीला कार्कीले हिजो आयोगलाई समय थप्न आग्रह गर्नुभएको थियो । यसअघि आयोगले भोलि कात्तिक ३० सम्मको समय तोकेको थियो । पछिल्लो विवरण अनुसार दुई लाख ५७ हजार पाँच सयभन्दा धेरै नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

EPIC EPIC EPIC

आयोगले थप गरिएको अवधिमा मतदाता नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेकोमार्फत् आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औँठाछाप) दिएर सेवा लिन सकिने व्यहोरा पनि जानकारी गराएको छ ।

आज शनिवार राष्ट्रिय परिचयपत्र नम्बर भएका सेवाग्राहीले अनलाइनमार्फत् आवेदन गर्न सक्ने र राष्ट्रिय परिचयपत्र नम्बर नभएका सेवाग्राहीले आज शनिवार आवेदन गर्न नसक्ने आयोगले जनाएको छ । आयोगले पहिले नै आवेदन पेश गरिसकेका नागरिकलाई सम्बन्धित निर्वाचन कार्यालयमा गई जैविक विवरण दिने कार्य आज सञ्चालन रहने व्यहोरा पनि जानकारी गराएको छ ।

साथै आयोगले आज शनिवार मतदाता नामावलीमा नाम दर्ताका लागि जैविक विवरण सङ्कलन गर्ने सेवा पूर्ववत रूपमा सञ्चालन गर्न सबै प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराएको छ । राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि अस्तिदेखि अनलाइनबाट नाम दर्ता गराउनेको पनि चाप उच्च छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च