मनसुनको न्यूनचापीय रेखा दक्षिणतर्फ सर्दै, नेपालमा कमजोर बन्यो मनसुन

काठमाडौं। केही दिनयता नेपालको तराईनजिक रहेको पानी पार्ने प्रणाली अर्थात् मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट दक्षिणतर्फ सरेको छ।

फलस्वरूप नेपालमा मनसुन केही कमजोर हुने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

EPIC EPIC EPIC

पछिल्लो १२ घन्टायता मुलुकको कुनै पनि भूभागमा भारी वर्षा नभएको महाशाखाको वेबसाइटले देखाउँछ।  

आज बिहान पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा छिटपुट वर्षा भएको छ।

शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

शुक्रबार राति कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *