मनै लाेभ्याउने रोङको किरात पार्क

राेङ। राेङ गाउँपालिकाभित्र पर्यटक तान्ने अनेकन स्थलहरुमा किरात पार्क पनि थपिएकाे छ ।

अनेकन प्राकृतिक,धार्मिक, पुरातात्विक महत्वकाे स्थानहरुकाे खाेजी र प्रवर्धन गरिँदै अाएकाे राेङ गाउँपालिका वडा नम्बर ५ काे चिसापानी डाँडामा बनेकाे किरात पार्क अहिले पुग्नै पर्ने गन्तब्य बनेकाे छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

गाउँ भरिनै राई समुदायकाे रहेकाे चिसापानी र अासपासका मानिसहरु सबैजना अाफ्नै भाषा बाेल्ने,सस्कृति चालचलन सस्कार र रितिरिवाजमा रम्ने गरेका र उनिहरुकाे भाषा धर्म सस्कृति परपरा जान्न चाहनेहरुकाे लागि भिन्नैस्थानकाे रुपमा रहेकाे चिसापानि डाडामा वृहद किरात सास्कृतिक पार्ककाे कल्पना गरि निर्माण थालिएकाे राेङ ५ का वडाध्यक्ष दल बहादुर पुलामिले बताए ।

राेङ गाउपालिकाले अधिल्लाे कार्यकालदेखीनै थालिएकाे किरात पार्ककाे लागि बजेट बिनियाेजन गरि देवानछाप,देवानगढि,मुर्चुङ्गे भिउ टावर सगै वृहद पार्ककाे काम अहिले पनि निरन्तर रुपमा लैजाने र तराईबाट टिमाई गाैडा पाथिभरा,देवानछाप लगायतकाे करिडाेर बिकाश गरि कर्साेङ पदमार्गमा जाेडेर पर्यटकहरु भित्राउने प्रचुर सभावना रहेकाेले अाफुहरु याे सास्कृतिक पार्क निर्माणमा लगातार प्रयत्नशिल रहने निवर्तमान वडाध्यक्ष तथा वर्तमान कार्यपालिका सदस्य युवराज खाप्तुवा राईले बताए ।

चिसापानिमा किरात सभ्यता मात्रै हैन पाथिभरा गिद्दे पहरा,झ्ण्डी डाडाकाे पहरा,टिमाई खाेलाकाे शिर नेपाल र भारतकाे समथर भुभाग अनि सुर्याेदयकाे मनमाेहक दृशयावलाेकन गर्न सकिने अानन्दकाे स्थान पनि रहेकाेले अाजभाेलि पर्यटकहरु अाउन थालेकाे र यसलाई पिकनिक स्थलकाे रुपमा बिकाश गर्नुपर्ने स्थानिय युवा बिशाल खाप्तुवा राईले बताए ।

चुरे क्षेत्रमा पर्ने चिसापानि तल मधेसमा गर्मि र ताताे पानि रहदा चिसाे हावा र पानी पाईने गरेकाे कारण सिङ्गाे गाउकाे नाम नै चिसापानी रहेकाे बुढापाकाहरुका भनाई रहेकाे छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *