मन्त्री घिसिङको आदेशमा इटहरी सवारी परिक्षण कार्यालय प्रमुख र लेखापालमाथि छानबिन सुरु

इटहरी। अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिम्मेवारीबाट हटाएको छ । सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा गर्ने र अनावश्यक दुःख हैरानी दिने उजुरी आएपछि मन्त्रालयले प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई तत्काल जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानेको हो ।

कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा कार्यालयमा हुने आय–व्यय प्रक्रियामा अनियमितता र राजस्व हिनामिना भएको आशंका गरिएको छ । सेवाग्राहीले प्रमाणसहित गुनासो मन्त्री कुलमान घिसिङलाई बुझाएपछि मन्त्रीले तत्कालै दुवै जनालाई पदमुक्त गर्न र छानबिन अघि बढाउन निर्देशन दिएका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

सवारी परीक्षण कार्यालय इटहरीले दुई वा सोभन्दा बढी प्रदेश हुँदै सञ्चालन हुने (अन्तर प्रादेशिक) सार्वजनिक सवारी साधनलाई बाटो इजाजतपत्र जारी गर्ने, सवारी साधनको स्तर कायम गर्ने, प्रदूषण परीक्षण, जाँचपासलगायतका काम गर्दै आएको छ । यस्ता संवेदनशील सेवामा समेत अनियमितता भएको गुनासो बढेपछि मन्त्रालय उच्च सतर्क बनेको हो ।

मन्त्री घिसिङले छानबिनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका छन् । समितिलाई १० कार्य दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ । छानबिन समितिलाई आरोपित अधिकारीसहित अन्य कर्मचारीसँग बयान लिन, सेवाग्राहीसँग बुझ्ने, निर्णयका कागजात अध्ययन गर्ने र आवश्यक भए कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *