मर्यादित भएर होाली मनाउन प्रशाासनको अुरोध

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन् ।

काठामाडौं, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै सूचना जारी गर्दै उच्छृङ्खल र तडकभडक तथा भागदौड गर्दा ज्यान समेत जान सक्ने भन्दै शान्तिपूर्ण रूपमा होली पर्व मनाउन सबैमा अनुरोध गरेका हुन्।

EPIC EPIC EPIC

उनीहरुल्े भनेका छन्, ‘सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ । तसर्थ चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल, कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने काम नगर्न र अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यानसमेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न÷नगराउन सबैमा अनुरोध छ ।’

आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन पनि प्रजिअ कार्यालयले अनुरोध गरेको छ । यही फागुन २९ गतेअर्थात भोलि (बिहीबार) पहाडमा र चैत १ गते तराईमा होली पर्व मनाइँदै छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *