फिदिम- पाँचथरको फिदिम नगरपालिकाका एक वृद्धको मलामीबाट फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।
मलामी गई फर्कने क्रममा फिदिम नगरपालिका–१४ बाँसबोटेमा हिँजो बेलुका ७ः३० बजे भीरबाट लडेर फिदिम–८ घलेगाउँका ६५ वर्षीय पदमबहादुर राईको मृत्यु भएको हो ।
राई घर आइनपुगेपछि खोजी गर्ने क्रममा उनका छोराले गोरेटो बाटोबाट करीब १०० मिटर तल झरेर मृत्यु भएको अवस्थामा राईलाई फेला पारेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।