बुद्धशान्ति । बुद्धशान्ति ३ कञ्चनबारीमा महिलालाई आत्मनिर्भर बनाउन सिलाईकटाई सीपमूलक तालिम आयोजना गरिएको छ ।
स्थानीयस्तरमै भएका स्रोत र साधनलाई सदुपयोग गर्दै स्थानीयस्तरमै रोजगारीको सिर्जना गराई ग्रामीण क्षेत्रका महिलाहरुको जीवनस्तर उकास्ने उद्देश्यले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै छ महिने बेशिक एड्भान्स सिलाई कटाई सीपमूलक तालिमको उद्घाटन गरिएको छ ।
सिंहसेतिदेवी मण्डकाली पाथीभरा देवी मन्दिर तथा सृजनशील महिला संस्थाको आयोजनामा सञ्चालन गरिएको तालिमलाई मैत्री नेपाल फ्रेन्डसीप नेपाल काठमाडौंले आर्थिक सहयोग गरेको छ । तालिममा ३० जना महिलाहरुको सहभागीता रहने जनाइएको छ ।
संस्थाकी अध्यक्ष गीता बिष्टको सभापतित्वमा भएको कार्यक्रममा मैत्री नेपाल फ्रेन्डसीप नेपालका कन्ट्रि डाइरेक्टर बलबहादुर गुरुङ्गको प्रमुख आतिथ्यता, झापा संयोजक आवाज राईको बिशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सिंहसेतिदेवी मण्डकाली पाथीभरा देवी मन्दिरका अध्यक्ष सोमनाथ अधिकारी, सचिव लोकबहादुर माझी, सहचिव हरिनारायण खतिवडा, सिंहसेतिदेवी किर्तन मण्डलीका अध्यक्ष तोयानाथ तिम्सिना, पालिका सन्देशका सम्पादक तीर्थ तिम्सना, प्रशिक्षक शितल परियार, बिष्णुलाल नेपाल लगायतको आतिथ्यता रहेको थियो ।
पदममाया माझीले स्वागत गरेको कार्यक्रमको सञ्चालन होमा सिग्देलले गरेकी थिइन् ।