महिलालाई विद्युतको पोलमा बाँधेर कुटपिट, ६१ हजारमा मिलापत्र

दाङमा एक महिलालाई विद्युतको पोलमा बाँधेर कुटपिट गरिएको छ । ९ चैतमा घोराही उपमहानगरपालिका वडा नं. १० जलौरा निवासी शिला चौधरीमाथि कुटपिट भएको थियो । घोराही उपमहानगरपालिका वडा नं.११ चाघुका गोपाल चौधरीसहित उनका आफन्तले शिला माथि कुटपिट गरेका थिए ।

रुमा घरभित्र कुटपिट गरेपछि विद्युतको पोलमा समेत बाँधेर कुटपिट गरे । कुटपिट गर्दा शिला अचेत अवस्थामा देखिन्छिन्, भने वरिपरिका मान्छेहरू भिडियो खिचिरहेका छन् । ९ गते यसरी कुटपिट भएपछि १० गते भने स्थानीयहरूसहित नारायणपुर स्थित प्रहरी कार्यालयमा पुगेर ६१ हजार रुपैयाँ दिएर मिलापत्र गरे। मिलापत्रपछि घटना सामसुम भएको थियो ।

EPIC EPIC EPIC

तर, यो घटना एकाएक बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । कुटपिट गरेको भिडियो सार्वजनिक भएसँगै बिहीबार नै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेपछि कुटपिट गर्ने तीन जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले बताए ।

‘बिचमा घटना मिलापत्र भएको रहेछ, हामीकहाँ त यो केश आएन,’ उनले भने, ‘माइती तिर काले थाहा पाएपछि घटना बाहिर आएछ, आज केश पनि हामीकहाँ दर्ता भएको छ ।’ मिलापत्र गर्दा दिइएको ६१ हजार रुपैयाँ फिर्ता गरेर अहिले उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ । पीडित महिला अहिले माइती घरमा छन् । शिला चाघुस्थित एउटा तरकारी फर्ममा काम गर्थिन् ।

त्यही क्रममा स्थानीय गोपालसँग चिनजान थियो । त्यही क्रममा ९ चैत शनिवार साँझ ९ बजेतिर गणेशकै घरमा शिला गइन । स्रोतका अनुसार गणेश र शिलाबिच कुरा भएरै शिला घर गएकी थिइन् । त्यसपछि घरका अन्य मान्छेले शिला घरभित्र गएको थाहा पाएपछि कुटपिट गर्न थाले । गणेशकी श्रीमतीसहित अरू आफन्तले पनि कुटपिट गरे । लामो समय कुटपिट गर्दा उनी अचेत अवस्थामा थिइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च