महेश बस्नेतविरुद्ध शोभा पाठकको जाहेरीमा अदालतले दिएन पक्राउ अनुमति

 काठमाडौं ।  काठमाडौं जिल्ला अदालतले एमाले नेता महेश बस्नेतविरुद्ध शोभा पाठकको जाहेरीमा पक्राउ पुर्जी दिन अस्वीकार गरेको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जती गरेको भन्दै पाठकले बस्नेतविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीका आधारमा प्रहरीले पक्राउ अनुमति मागेकोमा मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बस्नेत आफैँले लेखेको हो होइन भन्ने एकीन गर्नुपर्ने भन्दै पक्राउ अनुमति नदिएको हो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

प्रहरीबाट पक्राउ अनुमति नपाएको जानकारी पाएपछि पाठकले अदालतभित्रै प्रवेश गरेर न्यायाधीशमाथि प्रश्न उठाएकी थिइन् । उनले प्रश्न उठाएपछि त्यसरी लेखिएको आईडी  उनको हो वा होइन भन्ने एकीन गर्नुपर्ने भएकाले एकीनपछि मात्र पक्राउ अनुमति हुने बताएको पाठकले जानकारी दिइन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *