नेकपा (माओवादी केन्द्र) ले पार्टीको वेबसाइट सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको वेबसाइट सार्वजनिक गर्नुभएको हो ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले सूचना र प्रविधिको बढ्दो प्रयोगसँगै पार्टीका सूचनाहरू जनतासम्म पुर्याउन पार्टीको वेबसाइट निर्माण गरिएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमा लामो समयदेखि विचार, त्याग र योगदान गरेकाका पार्टी र नेतालाई गलत र कसैलाई विना आधार मुक्तिदाता जस्तो अनुचित प्रचार भइरहेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले गलत सूचना र अफवाह चिर्दै सूचना प्रविधिको प्रयोगबाट पार्टीका गतिविधिहरू सार्वजनिक गर्न वेबसाइट सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
माओवादीले यसअघि गठन गरेको ‘आइसिटी फोरम नेपाल’को नेतृत्वमा वेबसाइट निर्माण गरी सार्वजनिक गरिएको हो ।



















