Search
Close this search box.
Search
Close this search box.

माग सम्बोधन नभएको भन्दै षडानन्द नगरपालिकाको नगरसभा अवरुद्ध

भोजपुर / भोजपुर जिल्लाको षडानन्द नगरपालिका सम्पुर्ण बिद्यालयमा कार्यरत शिक्षक / शिक्षिका लगायत बिद्यालय ब्यबस्थापन समिति हरुको उपस्थितमा तलब वृद्धिको माग गर्दै नगरपालिकाको नगर सभा अबरुद्ध गरेका छन ।

उनिहरुले बाल कक्षा शिक्षिका ,कार्यलय सहयोगि र लेखापालको तलब वृद्धि माग गरेका छन । पालिकामा आफ्ना मागहरू नगरसभामा हुनु भन्दा पहिले बारम्बार प्रस्ताव राखे पनि पालिकाबाट बेवास्ता गरेपछी बिरोध गर्नु परेको बिद्यालयका बाल कक्षा सदस्य सचिब अमर राइले जानकारी दिए ।

EPIC EPIC EPIC

आन्दोलन उपस्थित साबित्रा माबिमा कार्यरत साहायक लेखापाल सन्तोष राईले भने बिद्यालयको प्रशासनिक काम मात्र हैन पाँच घण्टी पढाउनु पर्छ । तर पनि न्युनतम तलब पाइन म एउटा प्रतिधी पात्र हु म जस्ता धेरै शिक्षक छन । नगरपालिकाका मेयर बिरबल राइले पनि सोही कुरालाइ जोड दिदै तलब वृद्धि गर्ने भनेका छन ।

नगर सभालाई करिब ३ घण्टा अबरुद्ध गरेका थिए । श्रम शोषण भएको नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक सम्म नपाएको र अर्थमन्त्रीले बजेत भाषण गर्दा १५ हजार पुर्याइदिने भनिएकोले बालशिक्षिकाको तलब समेत नगरपालिकाले आनाकानी गरेको उनिहरुको आरोप छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *