नवीन उप्रेती,असार १६,कचनकवल । पोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ। कचनकवल गाउँपालिका वडा नम्बर-४(झोडा) बस्ने ११ वर्षीय रेजन लिम्बूको मृत्यु भएको हो।
दिउँसो करिब १२ बजेको समयमा घर नजिकै खनिएको पोखरीमा नुहाउने क्रममा लिम्बूको मृत्यु भएको सिमा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सुवास शेर्पाले जानकारी दिनुभएको छ।
प्रहरीका अनुसार मृत बाकलको शव परिक्षणका लागि प्रथमिक स्वास्थ चौकी बनियानी लगिएको छ।