“मादल, खैजडी, दमाहा र ढोलक पनि बनाउन सीपालु चित्रबहादुर वादीले आठ छोराछोरीलाई मादल बिक्री गरेर प्राप्त अन्न र पैसाले लालनपालन गर्दैआएको जानकारी दिनुभयो। “अरु पेसा केही थिएन बालिघरे प्रथामा मादल बनाउने गर्थे, मादल बनाएर आएको अन्न (धान), पैसाले बाहैमहिना खान पुग्थ्यो,” चित्रबहादुर वादीले भन्नुभयो, “अझै पनि बालिघरे प्रथा छ। मादलमर्मत गरेबापत वर्षमा पाँच/छ पाथी धान दिने सर्तमा काम गर्दै आएको छु। पछिल्लो पुस्ताले मादलको महत्व नबुझ्दा बिक्री हुन पनि हुन छोडेको छ।”
दाङको घोराही उपमहानगरपालिका-१७ पचुर्खाका मादल व्यवसायी चित्रबहादुर वादी ६९ वर्षको हुनुभयो। रोल्पा कोटमा जन्मनुभएका आफ्ना बुबाले मादल बनाएको देखेर आफूले पनि सिकेको उहाँले बताउनुभयो ।
मादल, खैजडी, दमाहा र ढोलक पनि बनाउन सीपालु चित्रबहादुरले आठ छोराछोरीलाई मादल बिक्री गरेर प्राप्त अन्न र पैसाले लालनपालन गर्दैआएको जानकारी दिनुभयो। “अरु पेसा केही थिएन बालिघरे प्रथामा मादल बनाउने गर्दै, मादल बनाएर आएको अन्न (धान), पैसाले बाहैमहिना खान पुग्थ्यो,” उहाँले भन्नुभयो, “अझै पनि बालिघरे प्रथा छ। मादलमर्मत गरेबापत वर्षमा पाँच/छ पाथी धान दिने सर्तमा काम गर्दै आएको छु। पछिल्लो पुस्ताले मादलको महत्व नबुझ्दा बिक्री हुन पनि हुन छोडेको छ”
मादलको आकारअनुसार सानोलाई रु दुई हजार र ठूलोलाई रु पाँच हजारसम्ममा बिक्री हुन्छ तर पछिल्लो पुस्ताले मादललाई महत्व नदिँदा बिक्री हुन छाडेको छ। यस वर्षको दसैं, तिहारमा एकवटा पनि नयाँ मादल बिक्री नभएको चित्रबहादुरले
बताउनुभयो। चार भाइ छोरामध्ये कान्छो छोराले मात्रै मादल बनाउने गरेको छ तर यसैमा मात्र सन्तुष्ट हुन नसकेर उसले रोलर पनि चलाउने गरेको छ। आफू पछिको पुस्ताले यो पेसाबाट आम्दानी नहुने र मेहनत धेरै गर्नुपर्ने भएकाले काम गर्न मन नगर्ने उहाँको भनाइ थियो।
छोरा र नातिले यो पेसालाई सम्हाल्न नसक्दा आफूपछि यो पूर्णौली पेसा सङ्कटमा रहेको चित्रबहादुरको गुनासो थियो। ” बजारभन्दा गाउँमा मादल केही बिक्री हुन्छ, थारु समुदायको माघी र नेपालीको दसँ र तिहारमा मादल बढी बिक्री हुन्छ। पछिल्लो समय गाउँघरमा पनि दसैं, तिहारको बेला स्पिकर र डेक बजाउन थाले,” उहाँले भन्नुभयो, मनोरञ्जनको साधनको रूपमा पहिले मादल मात्र थियो। अहिलेका पुस्ता मादल बजाउन नजान्ने भएकाले यस्ता बाजाको संरक्षण हुन नसकेको हो।”
घरको कोठा मादलले भरिएका छन्। खरको खरानी, भातको माड, आरनबाट निस्केको फलामको धुलो मिसाएर खरी बनाएर मादलमा लगाउने गरेको भूमी वादीले बताउनुभयो। बाहैमहिना मादल मर्मत गरिन्छ, नयाँ मादल बिक्री कम हुँदै गएको छ, पुरानो मादल मर्मत गरेर मात्र गुजारा चलेको उहाँको भनाइ थियो
श्रीमान् चित्रबहादुरलाई मादल बनाउन भूमीले सघाउँदै आउनुभएको छ। नयाँ मादल बनाउन पनि आउँछ, पुरानो मर्मत गर्न पनि आउँछ, उहाँले भन्नुभयो। “मादल बनाउन प्रयोग हुने सामग्री दाङको पहाडी क्षेत्र बङ्गलाचुलीको चुरे पहाडबाट ल्याउने गरेको भूमीले उल्लेख गर्नुभयो।
मादल बनाउन खमारीको काठ, बाख्राको छाला र मादल बान्नका लागि लहरा चाहिन्छ यो कच्चापदार्थ पनि महँडो हुँदै गएको छ। पछिल्लो समय आम्दानीभन्दा पनि हाम्रो मौलिक अस्तित्व जोगाउन मात्र मादल बनाउने गरेको उहाँले बताउनुभयो। नयाँ किन्नेभन्दा पुरानो मादल मर्मत गर्नेको सङ्ख्या धेरै छ। एउटा मादल मर्मत गरेको रु एक हजारसम्म पर्छ।
नयाँ पुस्ता आधुनिकतासँगै बाहिरी संस्कार, संस्कृतिप्रति आकर्षित हुँदा मौलिकता बचाउन गाह्रो भएको संस्कृतिविद गोविन्द आचार्यको भनाइ थियो। हिन्दी र अङ्ग्रेजी गीतमा युवा पुस्ता आकर्षक हुँदा लोक वाजा ओझेलमा परेको उहाँको भनाइ थियो। युवापुस्ताले विद्युतीय साउण्डसिस्टम बजाउने गरेकाले गाउने र बजाउने कला पनि कम हुँदै गएको छ। संस्कृति संरक्षणका लागि सरकारले कार्यविधि बनाएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।



















