माधव नेपालमाथि रामकुमारी झाँक्रीको कटाक्ष: ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए हुने कामरेड!’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सहितका दलसँगको एकता अस्वीकार गरेकी एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि व्यङ्ग्यात्मक टिप्पणी गरेकी छन् ।

नेपालले माओवादी केन्द्रसहितका वाम दलसँग एकता गरेपछि असहमति जनाएपछि अध्यक्ष नेपालले उनलाई कारबाही गरेका थिए ।सोही कारबाहीको प्रतिक्रिया स्वरूप झाँक्रीले शुक्रबार आफ्नो फेसबुकमा व्यङ्ग्यपूर्ण स्टाटस लेखेकी छिन् ।

EPIC EPIC EPIC

उनले लेखेकी छन्, ‘प्रिय कमरेड माधव, अभिवादन ’ आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र ?’नेपाली कम्युनिस्ट पार्टीमा समाहित नभएका झाँक्रीसहित केही नेता नेकपा एमालेमा फर्कने तयारीमा छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *