मेचीनगर अनलाइन तेस्रो वर्षमा प्रवेश

काँकरभिट्टा, १४ फागुन। मेचीनगर अनलाइन डटकम आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ।

मेचीनगर–६ मा मुख्य कार्यालय रहेको पाउ पाथिभरा सञ्चार प्रालिद्धारा सञ्चालित यो अनलाइन सन् २०७९ फागुन १४ गते स्थापना भएको थियो। यसको उद्घाटन मेची उद्योग वाणिज्य संघको धुलाबारीस्थित सभा हलमा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए।

EPIC EPIC EPIC

स्थानीय स्तरका खोजमूलक र ताजा समाचार पाठकमाझ पुर्याउने उद्देश्यसहित सञ्चालनमा आएको यो अनलाइन छोटो समयमा नै धेरै पाठकको विश्वास जित्न सफल भएको छ। व्यवसायिक पत्रकारितालाई प्राथमिकतामा राख्दै, यसले विशेष रूपमा स्थानीय समाचारलाई महत्व दिँदै आएको छ।

सम्पादक तथा सञ्चालक अर्जुन कार्कीका अनुसार, मेचीनगर अनलाइन सबै राजनीतिक दल, व्यवसाय, धर्म, भाषा, जातजाति, क्षेत्र, वर्ग, र लिंगलाई समेट्दै समावेशी रूपमा समाचार प्रकाशन गर्दै आइरहेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रमा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित स्वास्थ्य, शिक्षा, विकास, खेलकुद, सामाजिक विकृति, विसंगति, तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता यस अनलाइनको रहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च