काठमाडौं । मेची करिडोर अन्तर्गत तीन ठाउँका पुल बाढीले बगाएको छ ।
केचना–कञ्चनजंघा सडकखण्डमा रहेको माईखोलाको पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीले बगाएको हो ।
मेची राजमार्ग पहिरोले बन्द भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम र पाँचथरका ३० भन्दा धेरै ठाउँमा सानो–ठूलो पहिरो खसेकाले आउ–जाउ बन्द भएको छ ।