मेयर बालेनको विवादास्पद स्टाटस : अश्लील अभिव्यक्तिपछि आलोचना, केही मिनेटमै पोस्ट हटाए

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साह फेरि एकपटक विवादमा तानिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्ना विचार खुला रूपमा व्यक्त गर्ने बालेनले शनिबार मध्यराति एउटा विवादास्पद स्टाटस पोस्ट गरेका थिए, जसमा उनले हरेक देश र राजनीतिक दलको नामसँग अश्लील शब्द प्रयोग गरेका थिए।

उक्त स्टाटसमा चीन, भारत, अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नामसमेत उल्लेख गरिएको थियो। पोस्ट सार्वजनिक भएको केही मिनेटमै सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएपछि बालेनले उक्त स्टाटस हटाएका छन्।

EPIC EPIC EPIC

हालैका दिनमा बालेनमाथि अन्तर्राष्ट्रिय शक्तिसँग नजिकिएको र अन्तरिम सरकार निर्माणमा अदृश्य रूपमा भूमिका खेलेको आरोप समेत लाग्दै आएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *