मेरा खातामा पैसा जम्मा भएको छैन-रबि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजन छोडेपछि त्यो टेलिभिजनमा भएको आफ्नो १५ प्रतिशत शेयर बिक्रीबापत आफूले पैसा नलिएको दाबी गर्नुभएको छ ।

सहकारीको पैसा दुरुपयोग भएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै केन्द्रीय पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सञ्चारमाध्यममा आएको जस्तो १ करोड ८० लाख रुपैयाँ आफ्नो खातामा जम्मा नभएको जिकिर गर्नुभयो । ‘मैले गोर्खा मिडिया नेटवर्क अन्तर्गत सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनमा काम गर्दै गर्दा ‘गुडविल शेयर’ को अपेक्षा गरेको र ‘गुडविल शेयर’ को प्रावधान नभएकाले त्यसलाई प्रणालीमा ल्याउनका लागि गरिएका बाहेक मैले लिएको वा दिएको छैन’, उहाँले भन्नुभयो । 

EPIC EPIC EPIC EPIC EPIC

‘सन् २०२२ जुन १७ मा १ करोड ८० लाख रुपैयाँको चेक मेरो खातामा क्रेडिट गरिएको तर त्यो चेक ‘इलेक्ट्रिोनिक चेक क्लियरिङ’ (ईसीसी) मार्फत चेक क्लियरिङमा पठाउँदा खातामा रकम पर्याप्त नभएको हुँदा त्यो रकम खातामा जम्मा नभएको बैंकले विवरण उपलब्ध गराएको छ’, बैंकको पत्र देखाउँदै उहाँले भन्नुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *