दिपेन्द्र लुईटेल
भोजपुर । भोजपुर सदरमुकाम स्थित टुडिखेलमा सञ्चालन भएको जिल्लाकै प्रतिष्ठित छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको सेमिफाइनलको पहिलो खेलमा आयोजक भोजपुरले डाँगि हाट युथ कल्ब लाई पराजित गरेको छ ।
मङ्गलबार भएको खेलमा निर्धारित समयमा १/१ गोल भएपछी ट्राईबेकर गरेको थियो । ट्राईबेकरमा भोजपुरले मोरङलाई ८-७ गोलले पछि पार्दै आयोजक भोजपुर बिजय भएको हो । खेलको म्यान अफ द म्याचमा आयोजक टिमका गोल रक्षक धिरज मगर रहेका छन ।
प्रतियोगिता अन्तर्गत बुधबार हुने खेलमा गोर्ख ब्वाइज रुपन्देही र क्यामरुङ बिच हुने छ । विजेताले उपाधि सहित नगद रु ५ लाख र उपविजेताले रु ३ लाख पाउने आयोजकले जनाएको छ ।