मौसमी प्रणाली निस्क्रिय हुँदा देशैभर पारिलो घाम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । मौसमी प्रणाली सक्रिय नहुँदा आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभरको आकाश खुल्ला र मौसम सफा देखिएको छ ।

महाशाखाका अनुसार, आज दिउँसो देशका अधिकांश भूभागमा घाम लाग्नेछ। यद्यपि, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य उच्च हिमाली भूभागमा भने आंशिक बदलीको सम्भावना रहेको छ । बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

EPIC EPIC EPIC

आज रातिको समयमा भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको आकाशमा थोरै बादल लाग्न सक्नेछ (आंशिक बदली) भने अन्य क्षेत्रको मौसम सफा नै रहनेछ ।

भोलि शुक्रबारको मौसमको सन्दर्भमा महाशाखाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत हिमाली भेगमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सामान्य रहने बताएको छ । तत्काल वर्षा वा हिमपातको ठूलो सम्भावना नदेखिए पनि चिसो मौसम भएकाले सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *