यसपटक पूर्वमा हिउँदे वर्षा नहुने आँकलन, छिटफुट पानी पर्ने सक्ने

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली कमजोर देखिएकाले पूर्वी नेपालमा यसपालिको हिउँदे वर्षा नहुने आँकलन गरिएको छ ।

बुधबार साँझसम्मको अवस्था हेर्दा बादल पूर्वतिर सर्ने क्रममा रहे पनि यसको असर गण्डकी प्रदेशसम्म मात्र पर्ने देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

EPIC EPIC EPIC

उनका अनुसार मध्य र पूर्वी नेपालमा बदलीसँगै केही ठाउँमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्छ । तर, पश्चिम पहाडी क्षेत्रमा जस्तो असर देखिने अवस्था छैन ।

काठमाडौँ उपत्यकामा बदली रहे पनि ठुलो वर्षाको सम्भावना छैन । आज बिहीबार हल्का वर्षासम्म हुन सक्छ । तराईमा भने बदली भए पनि वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेल पनि यो वर्ष हिउँदे वर्षाको पूर्वानुमान गर्न पनि गाह्रो भएको बताउँछन् ।

प्रशान्त महासागरमा विकसित भएको प्रणाली लालिनाका कारण यो वर्ष हिउँदे वर्षा प्रभावित भएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *