यातायातको पहुँच नहुँदा दार्चुलामा चामल सकियो

दार्चुलाको अपीहिमाल गाउँपालिकामा चामल सकिएको छ। यातायातको पहुँचबाट टाढा जिल्लाको दुर्गम खाद्य डिपो खण्डेश्वरीमा चामल ढुवानी नभएपछि खाद्य डिपोमा खाद्यान्न मौज्दात शून्य भएको हो।

खाद्यान्न संकटको जोखिम क्षेत्र मानिने दार्चुलाका अपीहिमाल र व्यास गाउँपालिकाका कम्पनीका डिपो र बिक्री केन्द्रमा मौज्दात नरहेकाले खाद्यान्न अभाव बढ्ने सम्भावना छ। अपीहिमालका ३, ४ र ५ वडाका स्थानीय बासिन्दा खण्डेश्वरीस्थित खाद्यको डिपोमै निर्भर रहनुपर्ने बाध्यतामा हुन्छन्।

EPIC EPIC EPIC EPIC EPIC

वर्षायाममा खाद्यान्न ढुवानी नहुँदा जिल्ला सदरमुकामको खाद्य बिक्री केन्द्र खलंगाबाहेक खाद्य डिपो र बिक्री केन्द्रमा खाद्यान्न मौज्दात छैन। सदरमुकाम खलंगाबाहेक जिल्लाका अन्य बिक्री केन्द्रहरुमा सडक अवरुद्ध छन्।

गत आर्थिक वर्ष सरकारले तोकेको भाडामा ढुवानी व्यवसायीहरुले चामल बोक्न नचाहेकाले खाद्यान्न मौज्दात गर्न समस्या भएको देखिन्छ। जिल्लाका खाद्य डिपो र अस्थायी बिक्री केन्द्रमा चामल सकिएको भए पनि ढुवानी प्रक्रिया टुंगो नलागेकाले कहिले ढुवानी हुने भन्ने यकिन नभएको खाद्य कम्पनीको दार्चुला शाखाले जनाएको छ ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *