युएई भ्रमणका लागि नेपाली टिम घोषणा, परेनन् सन्दीप

काठमाडौं – नेपाल क्रिकेट संघ -क्यानले युएई भ्रमणका लागि नेपाली टिमको घोषणा गरेको छ। क्यानले पूर्वकप्तान समेत रहेका सन्दीप लामिछाने बिना नै १५ सदस्सीय टोलीको घोषणा गरेको हो।

आईसीसी विश्वकप क्रिकेट लिग(टूअन्तर्गत नेपालमा भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली क्रिकेट समर्थकहरूले सन्दीपलाई युएई लैजान दबाब दिएका थिए। क्यानले पनि त्यसको पहल गरे पनि अन्तिम समयमा त्यो हुन नसकेको बताइएको छ।

EPIC EPIC EPIC EPIC EPIC

नाबालिक बलात्कार मुद्दा खेपिरहेका सन्दीप २० लाख धरौटी तिरेर रिहाइ भएका थिए। अदालतले विदेश जान नपाउनेगरी फैसला सुनाएको थियो।

क्यानले रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जीसी र श्याम९मौसम० ढकाललाई टिममा समेटेको छ। प्रतिश र श्याम पहिलोपटक राष्ट्रिय टिममा आबद्ध भएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *