विष्णु प्रसाद लामिछाने
बुद्धशान्ती। बुद्धशान्ती ६ शान्तिनगर स्थित पर्यटकिय स्थल जोरसाँघुमा बुद्धशान्ती गाँउपालिकाद्वारा निर्माणाधिन पर्यटकिय संरचनामा स्थानीय युवाले आज श्रमदान गरेका छन् ।
स्थानिय युथ फर चेन्ज क्लब YFC क्लबको सकृयतामा आज क्लबका युवाहरुले श्रमदान गरि स्थानिय क्षेत्रमा पर्यटनको आवश्यकता, सम्भावना र चुनौती बारे छलफल समेत गरेका छन् ।
स्थानिय सुरज खनाल,बिमल दहाल, दिनेश लेप्चा,गान्धी थापा, निश्चल निरौला,ध्रुब कुमार डागी, सरोज दहाल लगायतको उपस्थितिमा जोरसाघु क्षेत्रमा जोरसाँघु लेखिएको बोर्ड सहित अन्य सामाग्रीमा रङ्गरोगन गरिएको हो।
गर्मी बढेसँगै सो क्षेत्रमा पौडी खेल्न जानेको भिड लाग्ने गरेको छ।
क्लबका सदस्य स्थानीय सुरज खनालका अनुसार यसपालीको गर्मीमा पर्यटकले पौडी खेल्नका साथै सेल्फि पोइन्ट, जोरसाँघु बोर्ड,झोलुङ्गे पुल लगायतमा समय ब्यतित गर्न पाउने उल्लेख गरे।