Search
Close this search box.
Search
Close this search box.

युवाहरुको नेतृत्व विकास गर्न अनलाइनबाटै तालिम

काठमाडौं । गत जेष्ठ २३ गतेबाट सुरु भएको युवाहरूको नेतृत्व विकास सम्बन्धि एक हप्ते अनलाइन तालिम Youth Leadership Training Program (YLTP) नामक तालिम कार्यक्रम सम्पन्न भएको छ ।

युवाहरुमा रहेको अतभुत शक्तीको विकासलाई प्रस्फुटन गराउन र उनीहरुलाई सामाजिक रुपान्तरण जस्ता कार्यमा सक्रिय बनाउन र कुलतमा फसेका युवाहरुमा नयाँ चेतानाको विकास गर्दै नयाँ नेपाल निर्माण गर्ने उद्देश्यका साथ युवा नेतृत्व विकास तालिम (वाई एल टी पी) गरेको कार्यक्रमका एक प्रशिक्षक यादव राउतले जानकारी दिएका छन् ।

EPIC EPIC EPIC

द आर्ट अफ लिभिङ, नेपालको आयोजनामा सञ्चालित तालिममा देश भरबाट १९ जना द आर्ट अफ लिभिङ, नेपालका शिक्षकहरुको प्रशिक्षणमा २५० जना भन्दा बढीको सहभागिता रहेको थियो।

फरक–फरक ६ समुुहमा सञ्चालन भएको उक्त तालिम समापन कार्यक्रममा बोल्दै द आर्ट अफ लिभिङका प्रशिक्षक लिला लामिछानेले पछिल्लो समय युवाहरु विभिन्न प्रकारका विसङ्गती तथा विकृतिमा लाग्ने गरेको पाईएको भन्दै यस प्रकारका तालिमले उनीहरुलाई सही मार्गमा हिँडाउन प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

उनले तालिमबाट सिकेका ज्ञान, सिप व्यवहारमा लागू गनुपर्ने बताएका थिए । यस्तै कार्यक्रममा द आर्ट अफ लिभिङका अर्का प्रशिक्षक यादव राउतले समाज रुपानतरणका लागि तालिम जीवन उपयोगी हुने तथा समाजलाई निरन्तर सहि दिसामा बढाउन यस्ता कार्यक्रम आबश्यक रहेकोे बताए ।

तालिममा द अर्ट अफ लिभिङका भोलिन्टीयर तथा १९ जना प्रशिक्षक सहित २५० जना भन्दा बढी सहभागीहरुको सक्रियता रहेको थियो । अनलाइन प्लाटफर्म जुमको माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *