रास्वपा मेचीनगरको सभापतिमा राजवंशी

मेचीनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेचीनगरको सभापतिमा सन्तोष राजवंशी निर्वाचित भएका छन् ।सोमबार काँकरभिट्टामा सम्पन्न पार्टीको प्रथम नगर अधिवेशनबाट १३ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरिएको हो । मेचीनगरको धुलाबारी निवासी राजवंशी यसअघि नगर उपसभापति थिए ।

अधिवेशनबाट उपसभापतिमा पुरुषोत्तम काफ्ले, सचिवमा शिशिर पोखरेल, सहसचिवमा गोकुल अधिकारी चयन भएका छन् भने सदस्यहरुमा काजीमान विश्वकर्मा, सुधादेवी खड्का, सुशीला काफ्ले, मैया उप्रेती कट्टेल, दिलबहादुर गजमेर, महेन्द्र चौधरी, गोपाल बुढाथोकी, निर्मला सुवेदी, हस्तबहादुर खड्का (विमल) चयन भएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

बाँकी २ जना सदस्य पहिलो बैठकले मनोनित गर्ने झापा सहसचिव भीम कुँवरले जानकारी दिए । यस्तै, अधिवेशनले झापा क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा असिम दाहाललाई सर्वसम्मत चयन गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *