राजसंस्था पुनःस्थापनाको विकल्प छैनः अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ धकेलेको आरोप लगाएका छन् ।

शनिबार बुटवलमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार संस्थागत भएको, राजनीतिक दलहरू स्वार्थमा लिप्त भएको, तथा जनताको अवस्था झनै दयनीय बनेको बताएका हुन् । उनले भने, ‘देशमा हिजोदेखि नै भ्रष्टाचार थियो, तर अहिले झन् संस्थागत बनाइएको छ ।’

EPIC EPIC EPIC EPIC EPIC EPIC

विदेशिएका युवाको अवस्था दर्दनाक रहेको उल्लेख गर्दै उनले सरकारले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्न नसकेको आरोप लगाए । उनले भने, ‘हामीले पर्खेर बस्नु भनेको देश बर्बादीतर्फ जानु हो ।’

उनले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको मृत शरीर स्वदेश फर्कँदा राजनीतिक दलहरूले जस लिने प्रवृत्तिको आलोचना गरे । अध्यक्ष लिङ्देनले मुलुकलाई अध्यादेशको भरमा चलाउन खोजिएको, तर जनताको असन्तोषलाई वेवास्ता गरिएको बताए ।

उनले भने, ‘देशमा उजुरी गर्न पाइन्छ, तर कारबाही हुँदैन। यस्तो व्यवस्थाले अब कुनै हालतमा काम गर्ने छैन ।’ उनले नेपालका लागि वर्तमान संघीयता असफल रहेको भन्दै प्रदेश व्यवस्था खारेज गर्नुपर्ने, संसदलाई पुनः समानुपातिक बनाउने, तथा निर्वाचित प्रधानमन्त्रीलाई दुई कार्यकालसम्म सीमित गर्ने जस्ता प्रस्ताव अघि सारे ।

उनले भने, ‘नेपाल जस्तो सानो देशमा यति धेरै जनप्रतिनिधि पाल्न सकिँदैन, अन्य तहहरूमा कटौती गर्नुपर्छ ।’ अध्यक्ष लिङ्देनले नेपालमा राजसंस्थाको पुनःस्थापना हुनुपर्ने तर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने बताए । उनले भने, ‘राजा रहनुपर्छ, तर प्रधानमन्त्री जनताबाट निर्वाचित हुनुपर्छ, जसलाई दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्था ल्याउनुपर्छ ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *