राजस्थानमा भारतीय वायुसेनाको प्रशिक्षक जहाज दुर्घटना, दुई पाइलटको मृत्यु

नयाँदिल्ली। भारतको पश्चिमी राज्य राजस्थानमा बुधवार एक प्रशिक्षक जहाज दुर्घटनाग्रस्त हुँदा भारतीय वायुसेनाका दुई पाइलटहरूको मृत्यु भएको भारतीय वायुसेनाले जनाएको छ ।

राजस्थानको चूरू जिल्लामा सामान्य प्रशिक्षण मिशनको क्रममा उक्त जगुआर प्रशिक्षक जहाज दुर्घटनामा परेको थियो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

भारतीय वायुसेनाले सामाजिक सञ्जालमार्फत जनाएको छ,“सामान्य प्रशिक्षणका क्रममा चूरू नजिक प्रशिक्षक जहाज दुर्घटना हुँदा दुबै पाइलटहरूले ज्यान गुमाउनुभएको छ । यस घटनामा कुनै नागरिक सम्पत्तिमा क्षति भएको छैन ।”

यस दुर्घटनाको कारण बुझ्न र थप अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ । सिन्ह्वा

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *