राजावादीको संविधान विरोधी गतिविधिमा सरकार टुलुटुलु हेरेर नबस्ने : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सरकारले राजावादीहरूले संविधान विरोधी गतिविधि टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान विरोधी गतिविधिमाथि सरकारले टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका हुन् ।

उनले मुलुक विखण्डनतिर लैजान खोज्ने कुरा सह्य नहुने बताए । उनले भने, ‘उहाँहरुले संविधानको परिधिमा रहेर कार्यक्रम गर्नुपर्छ । सधैँ यस्तो गतिविधि गरिरहे सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन। प्रतिवाद हुन्छ। त्यो गतिविधिले कस्तो रूप लिन्छ त्यही अनुसार सरकारले प्रतिवाद गर्छ।’

EPIC EPIC EPIC EPIC EPIC

उनले आवश्यक परे राजावादीहरुको कार्यक्रममा प्रतिबन्ध लगाउने संवैधानिक हक पनि सरकारसँग भएको दाबी गरे ।

उनले भने, ‘उनीहरुले आन्दोलन गर्ने भनेका छन्, हामीले आजको दिनसम्म प्रतिबन्ध लगाएका छैनौँ। प्रतिबन्ध पनि लगाउन सक्ने संवैधानिक, कानुनी अधिकार सरकारसँग छ।’ राप्रपालगायतका राजावादी संगठनहरुले जेठ १५ देखि जनआन्दोलन सुरु गर्ने र राजसंस्था पुनःस्थापना गर्ने बताउँदै आएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *