Search
Close this search box.
Search
Close this search box.

रातोपाटी डटकमका पत्रकार धामीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग

रातोपाटी डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीलाई आक्रमण गरी घाइते बनाउनेहरूलाई कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघले माग गरेको छ । आपराधिक मनसायले पत्रकारमाथि आक्रमण गर्नेको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायको महासंघले ध्यानाकर्षण गराएको हो ।

असोज ८ गते सोमबार दिउँसो ४ः०० बजे खाजा खाएर ललितपुरको बखुन्डोलस्थित अनलाइनको कार्यालय फर्कँदै गर्दा ५/६ जनाको समूहमा आएका व्यक्तिहरूले सांघातिक आक्रमण गर्दा पत्रकार धामीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागी पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भएको गरिएको थियो ।

EPIC EPIC

भाद्र २५ गते सोमबार त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिएको केही शैक्षिक कार्यक्रमका बारे रातोपाटी अनलाइनले समाचार प्रकाशित गरेको थियो । सोही विषयलाई लिएर विद्यार्थी संगठनले पत्रकार कृष्णसिंह धामी र रातोपाटी अनलाइनको नाम किटान गरी २०८० भाद्र २६ गते मंगलबार चेतावनीपूर्ण विज्ञप्ति जारी गरेको थियो । यो विषयलाईसमेत मध्यनजर गर्दै अनुसन्धान अघि बढाइ कानुनी कारबाही गर्न महासंघले माग गरेको छ ।

‘कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो । दिनदहाडै भएको यो घटनाले प्रेसको सुरक्षा स्थिति चुनौतीपूर्ण देखिएको महासंघको निष्कर्ष छ,’ सचिव गोविन्दप्रसाद चौलागाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *