काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका बोहोराको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले पुष्टि गरेका छन्।
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित बोहोरा पूर्वमन्त्री समेत थिए। घाँटीको समस्याबाट पीडित रहेका उनले निर्वाचनका दौरान कुनै पनि चुनावी सभालाई सम्बोधन गर्न सकेका थिएनन्। उनको प्रतिस्पर्धा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणसँग रहेको थियो।



















