राप्रपा झापाद्वारा उम्मेदवारको टुङ्गो: प्रत्यक्ष र समानुपातिकमा को-को परे?

भद्रपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका ५ वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको नामावली टुङ्गो लगाएको छ। क्षेत्रीय समितिहरूबाट आएका सिफारिसलाई जिल्ला कार्यसमितिले अन्तिम निर्णयका लागि केन्द्रीय कार्यालयमा पठाएको हो।

जिल्ला अध्यक्ष केशवप्रसाद ओझाका अनुसार निर्वाचन क्षेत्र नं ३ बाट पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको नाम प्रत्यक्षतर्फ सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको छ। अन्य क्षेत्रहरूमा भने एकभन्दा बढी आकांक्षीहरूको नाम पठाइएको छ।

EPIC EPIC EPIC

क्षेत्रगत उम्मेदवारहरूको विवरण:

क्षेत्र नं १: प्रत्यक्षतर्फ नरेन्द्रकुमार खड्का, प्रा. हेमराज कार्की र अशोक सुब्बाको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ दीपेश राई, सुमित्रा ओझा अधिकारी, बाबुराम पराजुली र लक्ष्मण खत्री रहेका छन्।

क्षेत्र नं २: प्रत्यक्षतर्फ राजकुमार पोखरेल, भक्तिप्रसाद सिटौला, वसन्त रिमाल, यमन भुर्तेल र रन्जु प्याकुरेल सिफारिसमा परेका छन्। समानुपातिकतर्फ दलित, जनजाति, मुस्लिम र दशनामीसहित १२ जनाको नाम केन्द्रमा पठाइएको छ, जसमा रुपदल विश्वकर्मा, आमिर खान पठान, र करिना बेगम लगायत हुनुहुन्छ।

क्षेत्र नं ३: अध्यक्ष लिङ्देनको एकल नाम प्रत्यक्षमा सिफारिस हुँदा समानुपातिकतर्फ सिता लम्साल, भारतेन्दु मल्लिक, रामकुमार सिंह राजवंशी, सूर्यनारायण गणेश, ऋषि नेपाल, सन्तोषी विश्वकर्मा र नन्दराम गजमेरको नाम समावेश छ।

क्षेत्र नं ४: यहाँ प्रत्यक्षतर्फ भक्तिप्रसाद सिटौला र जिल्ला अध्यक्ष केशवप्रसाद ओझाको नाम सिफारिस भएको छ। समानुपातिक सूचीमा खुश्बु ओली, खेमराज कार्की, चित्रा श्रेष्ठ र तारामाया राई रहेका छन्।

क्षेत्र नं ५: प्रत्यक्षतर्फ लक्ष्मीप्रसाद सङ्ग्रौला, गोपालप्रसाद पौडेल र रिताकुमारी कार्की थापाको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ डा. सूर्यनारायण साह, भरिपूर्ण राई, शुष्मा निरौला के.सी. र विजयप्रसाद बराल उम्मेदवारको सूचीमा रहेका छन्।

जिल्लाले पठाएको यो नामावलीमाथि राप्रपा केन्द्रीय कार्यसमितिले अध्ययन गरी अन्तिम उम्मेदवारको टुङ्गो लगाउने छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च