उपप्रधानमन्त्री लिङ्देनलाई सम्मान

received 714655093653265

बिर्तामोड, फागुन ७। उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीले भाग लिने बताएका छन् ।

आइतवार बिर्तामोडस्थित संवाद समूहमा भएको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री लिङ्देनले राप्रपाले राष्ट्रपतिमा सत्तासाझेदार दलको उम्मेदवारलाई मतदान गर्ने स्पष्ट पारे ।

EPIC EPIC EPIC

राजतन्त्रको वकालत गरिरहेको राप्रपाले राष्ट्रपतिको निर्वाचनमा भाग लिन्छ या लिँदैन, राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच देखिएको फरक मतका विषयमा सञ्चारकर्मीले उठाएको जिज्ञासामा प्रष्ट्याउँदै उपप्रधानमन्त्री लिङ्देनले यस्तो बताएका हुन् ।

received 589681979695433

आफ्नो पार्टी संविधानका केही विषयमा आधारभूत रुपमै फरक मत राख्दै आएको भए पनि मुलुकको अवस्था अनुसार विद्रोहको बाटो नरोजेर संविधान परिवर्तन गर्न पाउने सुविधाको उपभोग गर्दै अघि बढेको समेत बताए ।

ऊर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्री समेत रहेका लिङ्देनले बिद्युत् प्राधिकरणको मालिक अब नेपाली जनता हुने बताए । उनले छिट्टै प्राधिकरणको शेयर निष्काशन हुने र त्यसबाट प्राप्त रकम मुलुकका ठूला बुढीगडकी, दूध कोशी, तमोर जस्ता ठूला जलाशययुक्त बढी क्षमताका विद्युत उत्पादनमा लगानी गर्ने बताए । त्यस्तै पाँचथर र ताप्लेजुङका साना विद्युत् आयोजनामा हाल वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेका नेपाली नागरिकलाई २९ प्रतिशत शेयर दिने तयारी भएको समेत बताए ।

उनले देशभित्रै विद्युत् खपतका लागि सरकारले विद्युतबाटै खाना पकाउनेदेखि लिएर अन्य योजनालाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए । उपप्रधानमन्त्री लिङ्देनले चार बर्षदेखि रोकिएको विद्युत् खरिद प्रक्रिया (पीपीए) अघि बढाइसकिएको र यो महत्वपूर्ण उपलब्धी भएको बताए । जिल्लाका समस्या बारे गरिएको ध्यानाकर्षण बारे लिङ्देनले यहाँको समस्या बारे प्राथमिकताका साथ समाधानमा अग्रसर हुने बताए ।

उनले चिया क्षेत्रका समस्या, मलखादको समस्या, भद्रपुरमा रहेको भारततर्फ जोड्ने मेची पुल र त्यहाँको नाका पूर्ण सञ्चालनको विषय, मेची प्रादेशिक अस्पतालको सेवा सुधार, सन्थाल लगायतका समुदायमाथि भएको विभेद लगायतका सवालमा देखिएका समस्माआफूले नेतृत्वदायी ढंगले समाधानको पहल गर्ने प्रतिबद्धता जनाए । उनले आफ्नो विभागीय मन्त्रालयको अन्तर्गतका सेवालाई प्रभावकारी बनाउन समेत लागीपरेको बताए ।

त्यस्तै नेपालमै हाइड्रोजन उत्पादन गर्न मिल्ने गरी केही समयभित्रै नीति निर्माण गरेर अघि बढ्ने जसबाट स्वदेशमै रासायनिक मल उत्पादन गरेर मलखादको समस्या समाधान गर्ने समेत बताएका छन् । उक्त अवसरमा संवाद समूहले बधाईसहित लिङ्देनलाई सम्मान प्रदान गरेको छ । लिङ्देन संवाद समूह झापाका संस्थापक सदस्य समेत हुन् । संवाद समूहको तर्फबाट संगीता रौनियार, शारदा रिजाल, कञ्चना ढकाल, लीला शिवाकोटी लगायतले सम्मान पत्र प्रदान गरेका थिए ।

सम्मान–पत्रको वाचन सचिवालयकी कमला भट्टराईले गरेकी थिइन् । त्यस्तै नेपाल पत्रकार महासंघ झापा शाखाले समेत उपप्रधानमन्त्री लिङ्देनलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । अध्यक्ष एकराज गिरीले बधाई तथा शुभकामना पत्र प्रदान गरेका थिए ।

त्यस्तै वीरता जेसीज, गोर्खा फाउण्डेशन लगायतका संस्थाले समेत उपप्रधानमन्त्री लिङ्देनलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । सोही अवसरमा उपप्रधानमन्त्री लिङ्देनले आफ्ना विद्यालय तहका गुरु तथा झापाका अग्रज पत्रकार लक्ष्मण ढकाललाई खादा पहि¥याएर सम्मान गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च