राष्ट्रपति निर्वाचनमा फरार कोइरीसहित ५१ जना अनुपस्थित

presidential election nepal

काठमाडौं : राष्ट्रपति निर्वाचनमा हत्या अभियोगमा खोजीमा परेका एमाले सांसद लक्ष्मी महतो कोइरीसहित ५१ जना अनुपस्थित भएका छन्। अनुपस्थित हुनेमा २ जना विरामी सांसद् छन्।

राष्ट्रपति निर्वाचनमा कुल ८८२ मतदाता रहेकोमा ८३१ मत खस्यो।निर्वाचन आयोगका अनुसार संघतर्फ ३१३ र प्रदेशतर्फ ५१८ मत खसेको थियो। संघीय सांसदतर्फबाट १९ जना र प्रदेशसभातर्फबाट ३२ जना अनुपस्थित भए।

EPIC EPIC EPIC EPIC EPIC

प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३३४ सदस्य छन्। उपचाररत कांग्रेस सांसद डा.चन्द्र भण्डारी र माओवादीका वर्षमान पुन उपस्थित हुन सकेनन्।

सांसद सहनाजको निधन भइसकेको छ। राप्रपा १४ र नेमकिपाको एक सांसद तटस्थ बसे।

नेमकिपाका सांसद प्रेम सुवाल पनि मतदानमा सहभागी भएनन्। प्रदेशतर्फ ३२ जनामध्ये राप्रपाका २८, नेमकिपाका ३ र जसपाका एक सदस्य निर्वाचन प्रक्रियामा सहभागी भएनन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *