Search
Close this search box.
Search
Close this search box.

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले अधिक्तम ३ लाख ५० हजार मात्रै खर्च गर्न पाउने

काठमाडौं । १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ । निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो ।

आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा  १, सवारी साधन/घोडा ७० हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दानासमेत) १० हजार र प्रचार सामग्रीमा १४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

EPIC EPIC EPIC

त्यस्तै, ढुवानी १० हजार, गोष्ठी/अन्तर्क्रिया १ लाख, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा तोकिएको हो ।

निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *