राष्ट्रिय स्वतन्त्र पार्टी बुद्धशान्तिका सभापति शेखर भट्टराईको अध्यक्षतामा पालिका भेला सप्पन्न भएको छ।
केन्द्रीय सदस्य प्रसाईको प्रमुख आतिथ्यता एवं जिल्ला सभापति उमेश खरेल, सांसद अशोक चौधरी, केन्द्रीय विभाग सदस्य निरज गौली लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य प्रसाईंले पार्टीलाई बलियो बनाउन सबैले योगदान गर्नुपर्ने बताए।
उनले पार्टीको मेण्डेड बमोजिम सबैले आ-आफ्नो क्षेत्रमा योगदान दिदै पार्टीलाई बलियो बनाउन समेत अनुरोध गरे।
भेलाले सभापति शेखर भट्टराईलाई पुनः सभापतिको जिम्मेवारी सुम्पिएको छ भने उपसभापतिमा सुनिता खड्का, सचिवमा भानुभक्त ढकाल र कोषाध्यक्षमा खगेन्द्र उप्रेती चयन भएका छन्।