रिलायन्स स्पिनिङको आईपीओ भर्नलाई ४१ हजार रुपैयाँ चाहिने

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ ।

कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर प्रतिइकाइ ८२० रुपैयाँ ८० पैसाका दरले निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । सर्वसाधारणका लागि कम्पनीले ९४ करोड ८८ लाख रुपैयाँभन्दा बढीको आईपीओ जारी गर्नेछ ।

EPIC EPIC EPIC

बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता नवराज अधिकारीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन कार्य रोक्नु नपर्ने देखिएकाले स्वीकृति दिइएको बताए ।

‘अंकित मूल्य १ सयमा सेयर जारी गर्न प्रतिसेयर नेटवर्थ कम्तीमा ९० रुपैयाँ हुनुपर्ने लगायत व्यवस्था गर्न लेखा समितिले भनेकाले यसबारे बोर्ड बैठकले नै निर्णय गर्नुपर्नेछ’ उनले भने ‘तर समितिले बुक बिल्डिङलाई प्राथमिकता दिन भनेकाले सबै प्रक्रिया पूरा गरेको यस कम्पनीलाई रोकिराख्नु जरूरी देखिएन ।’

बुक बिल्डिङ विधिबाट आउने आईपीओ कम्तीमा ५० कित्ता भर्नुपर्ने व्यवस्था छ । जसले गर्दा यस कम्पनीको आईपीओ प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले भर्नका लागि कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिन्छ । सो न्यूनतम रकम बैंक माैज्दात नभएमा भरेको आइपी‌ओ रद्द हुन जानेछ ।

संस्थागत लगानीकर्ताले नै माथिल्लो मूल्यसीमा प्रतिकित्ता ९१२ रुपैयाँका दरले आईपीओ किनेका छन् । जसले गर्दा सर्वसाधारणलाई त्यसको १० प्रतिशत कम अर्थात् प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा पर्ने भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *