मौसम महाशाखाले रौतहटसहित मधेस र कोसी प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको र पानी पार्ने प्रणाली उत्तर-पूर्व सरिरहेकाले होसियारी अपनाउन सुझाव दिएको छ।
महाशाखाले आज (बुधबार) बिहान ५ बजेतिर सूचना जारी गर्दै भनेको छ: हाल जनकपुर, महोत्तरी, रौतहट, सिराहा, धनुषा ,सप्तरी,सुनसरी, मोरङ, रामेछाप, सोलुखुम्बुआसपासका ठाउँहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ। उक्त पानी पार्ने प्रणाली उत्तर-पूर्व तीर सरिरहेको हुनाले आवश्यक सतर्कता अपनाउनुहोला।
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।



















