Search
Close this search box.
Search
Close this search box.

लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट

गाईभैंसीमा महामारीको रुपमा देखापरेको लम्पी स्किन रोगको खोपमा कालोबजारी भइरहेको तथ्य फेला परेको छ । भेटल एनिमल हेल्थ प्रोडक्ट्स, टर्कीबाट नेपालका लागि लोटस भेट इन्टरनेशनल टेड लिङ्ग प्रा. लि. त्रिपुरेश्वरका सञ्चालक भरत बहादुर पाण्डेले लम्पी स्किन डिजिज  भ्याक्सिन आयात गरिरहेका छन् । 

लम्पी स्किनको महामारी बढ्दै गइरहेको मौका छोपी पाण्डेले सो भ्याक्सिनमा कालोबजारी गरेको पाइएको हो । पाण्डेले आयातको दोब्बर मूल्य राखी भ्याक्सिन बिक्री वितरण गरेको तथ्य फेला परेको हो । प्राप्त कागजातअनुसार आयातका क्रममा पाण्डेले प्रति बोतल रु. १५ डलरमा खोप खरिद गरेका छन् । २५ डोज भ्याक्सिन बराबर एक बोतल हुन्छ । 

EPIC EPIC EPIC

प्राप्त कागजजात अनुसार २०८० साल असार ३० गते भेटल एनिमल हेल्थ प्रोडक्ट्सबाट पाण्डेको कम्पनी लोटस भेट इन्टरनेशनल ट्रेड लिंक (प्यान नम्बर ३०१८०६६५७)ले ३४०० (तीन हजार चार सय बोतल) खोप आयात गरेका थिए ।उक्त खोप पाण्डेल प्रति बोतल रु. १५ डलर अर्थात् आजको विनिमय दरअनुसार प्रति बोतल १९८६.२२ रुपैयाँमा खरिद गरेका थिए । उनले त्यतिबेला ५१००० डलरमा उक्त खोप खरिद गरेको पाइन्छ । 

उक्त खोपलाई पाण्डेले २०८० साल जेठ महिनाको अन्तिम साताबाट नेपालमा बिक्री गरेका हुन् । सो खोप उनले प्रति डोज १ सय ७२ रुपैँयामा बिक्री गरेको पाइएको छ । यो भनेको उनले प्रति बोतल रु. ४३०० मा बिक्री गरेको देखिन्छ । पाण्डेले महामारीको बेला यसरी खोपमा कालोबजारी गरी कमाउधन्दा चलाएको पुष्टि भएको छ । प्रचलित कानुनअनुसार खरिद मूल्यको २० प्रतिशतभन्दा बढी मूल्यमा बिक्री वितरण गर्न पाइदैन । त्यसभन्दा बढी मूल्य राखेमा कालोबजारी गरेको ठहर्छ ।

कानुनअनुसार पाण्डेले उक्त खोप न्यूनतम रु ८० र अधिकतम रु. १०० भन्दा बढी मूल्यमा बिक्री गर्न पाउदैनन् । तर उनले १७२ रुपैयाँमा बिक्री गरेर महामारीमा कालोबजारी गरेको पाइएको हो । कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को संशोधन गर्ने ऐन २०७५ अनुसार व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एकवर्षसम्म कैद वा दुई लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने व्यवस्था गरिएको छ । 

यस सम्बन्धमा सञ्चालक पाण्डेले भने आफूले खोपमा कालोबजारी नगरेको दावी गर्दै प्रमाण भए पेश गर्न चुनौती दिए । तर, प्राप्त कागजातलाई हेर्दा उनले खोपमा कालोबजारी गरेको पुष्टि भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

News Karkhana

न्यूज कारखानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *