लेवनानमा गोलि लागेर नेपाली शान्ति सैनिकको मृत्यु

लेवनानमा कार्यरत एकजना नेपाली शान्ति सैनिकको गोली लागेर मृत्यु भएको छ। 

EPIC

नेपाली सेनाको जन सम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोट जारी गर्दै आफैँले बोकेको गोली लागेर शान्ति सैनिक सुवास थापाको मृत्यु भएको जानकारी दिएको हो।

EPIC EPIC EPIC

यही माघ १८ गते बंकरमा ड्युटीमा रहेका बेला आफैँले बोकेको हतियारबाट गोली लागेर घाइते भएको अवस्थामा उनी फेला परेका बताइएको छ। उनको उपचारको क्रममा मृत्यु भएको सेनाले जनाएको छ। 

‘हाल उक्त मिसन तैनाथ लेवनानको सीमावर्ती इलाकामा लडाइँ चलिरहेको हुँदा युद्धको मनोवैज्ञानिक असरको कारण यो घटना भएको हो वा अन्य कुनै कारणबाट उक्त घटना भएको हो भन्ने बारे बुझ्नै कार्य भइरहेको छ,’ सेनाले जारी गरेको प्रेस नोटमा भनिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *