वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक

काठमाडौंः वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको नयाँ पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तकको आवरण सार्वजनिक गरिएको हो।

जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुवाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयलाई  संस्मरणात्मक शैलीमा पुस्तकमा समेटिएको छ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

२४० पेजको पुस्तकमा ५३ वटा खण्डमा जीवन उपयोगी विषयबस्तु समावेश गरिएको छ। व्यक्तिको कर्तव्य, सोच र दायित्यलगायतका विषयमाथि केन्द्रित पुस्तकले मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउनसक्ने लेखकले विश्वास गरेका छन्।

पुस्तकमा सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेशागत जिम्मेवारीलाई निर्वाह गर्न सकिने विषयबस्तु समेटिएका छन्। ‘जीवन्त सम्बन्ध पढ्दा कहिले म भावुक भएँ, कहिले सम्बन्धका आयाम केलाएँ, कहिले अश्रुपुरित (आँसुले पुरिएको) भएँ, कहिले आफ्नो अतीतमा पुगें,’ पुस्तकबारे वरिष्ठ कलाकार हरिवंश आचार्यले भनेका छन्।

पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डाक्टर ओम फाउन्डेसनमार्फत् खर्च गरिने डा. अनिलले जानकारी दिए।

आजैदेखि अनलाइन बुकिङ खुला भएको पुस्तक असोज ५ गते शुक्रबार साँझबाट बजारमा उपलव्ध हुनेछ। समीक्षा पब्लिकेसनले वितरण गर्ने पुस्तक काठमाडौं उपत्यकाभित्र निःशुल्क होम डेलिभरीको व्यबस्था गरिएको छ।

विभिन्न सुपर स्टोर एवम् कफी सप तथा क्याफे आउटलेटहरूमा समेत पुस्तक उपलब्ध हुने डा. ओम फाउन्डेसनले जनाएको छ।

डा. ओम फाउन्डेसनले प्रकाशन तथा समीक्षा पब्लिकेसन वितरक रहेको पुस्तकको मूल्य ६ सय रुपैयाँ कायम गरिएको छ। हार्ड कभरसहित लेखकको हस्ताक्षर तथा गिफ्ट ब्यागसहित विशेष प्रकाशनको मूल्य १ हजार रुपैयाँ तोकिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *