विदेश किन जाने ? ‘दाना’मै छ जीवन !

धरान (सुनसरी)- धरान उपमहानगरपालिका-१४ का सन्तोष लामिछाने रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन्। उनले धरान-१४ स्थित पिण्डेश्‍वर मन्दिर परिसरमा विगत ५ वर्षदेखि रुद्राक्षको बिक्री गर्दै आएका छ।

१२ वर्ष भारत बसेर फर्किएका लामिछानेले स्वदेशमै केही गर्ने सोचका साथ रुद्राक्षको माला बनाउँदै व्यापार थालेका थिए। भन्छन्, ‘विदेशमा दुःख गर्नुभन्दा यही रुद्राक्षका विभिन्‍न सामग्री बनाएर बिक्री गर्दा सजिलो र आम्दानीसमेत राम्रै भइरहेको छ।’

EPIC EPIC EPIC EPIC EPIC EPIC

उनले धनकुटा, पाँचथर, भोजपुरलगायत पहाडी जिल्लाबाट रुद्राक्ष खरिद गरेर ल्याउँछन्। र, माला, झोला, ढाकी, ज्याकेटजस्ता सामग्री बनाउँछन्। उनका अनुसार मासिक २० हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी भइरहेको छ।

‘सबै खर्च कटाएर यति आम्दानी हुन्छ। अहिलेसम्म घर खर्च चलाउन पुगेको छ,’ भन्छन्, ‘आफूलाई मन परेको केही सामान किन्‍न परे पनि यही आम्दानीले चलायमान रहन्छ। दैनिक १-२ मात्र सामान बिक्री भए पनि घर खर्च टार्न पुग्छ, पैसा पनि हातमा आउँछ। थोरै भए पनि नियमित आम्दानी हुन्छ, यसैमा सन्तुष्‍टि पाएको छु।’

लामिछानेले बनाएका सामग्री धरानसहित सुनसरी, मोरङ, झापा, काठमाडौं, काँकडभिट्टा तथा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमाझ लोकप्रिय छन्। बिक्रीका लागि यी ठाउँमा बढी जाने गरेको उनी बताउँछन्। भन्छन्, ‘विदेशीहरूले विशेष गरी रुद्राक्षका झोला बढी रुचाउँछन्।’

ग्राहकको मागअनुसार विविध सामग्री बनाउने गरिएको उनी बताउँछन्। २० देखि ५० रुपैयाँसम्ममा माला, ३०० देखि ५०० मा ढाकी र एक हजार ५०० देखि ३ हजार रुपैयाँसम्ममा झोला बिक्री गर्छन्। यस्तै, ५ हजारदेखि ५५ सय रुपैयाँसम्ममा रुद्राक्षको ज्याकेट बिक्री गर्दै आएका छन्। उनका अनुसार दैनिक ढाकी मात्रै ५ देखि ७ वटासम्म बिक्री हुन्छन्।

उनी भन्छन्, ‘अरूबेला सामान्य व्यापार भए पनि साउनमा एक महिनासम्म लाग्‍ने बोलबम मेलामा झनै राम्रो हुने गरेको छ।’ उनले ३ जना कामदार राखेर सामग्री उत्पादन गर्छन्। अहिले एकजना कर्मचारी राखेर रुद्राक्षका सामग्री बनाएर बिक्री गर्दै आएका छन्।

रुद्राक्ष स्थानीयस्तरमा सहजै नपाइने भएकाले उनी धनकुटा, भोजपुरजस्ता ठाउँमा गई बोटै ठेक्का लिएर खरिद गर्छन्। एक बोटको मूल्य १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म पर्छ। भन्छन्, ‘बोटबाट रुद्राक्ष ल्याएर सामग्री बनाउन सकेपछि बिक्रीमा समस्या हुँदैन। अर्डर राम्रै आउँछन्। सामान बनाउन सके बिक्री पनि राम्रो हुन्छ।’

लामिछानेका अनुसार रुद्राक्ष खासगरी हरियो पात भएका, लामा हाँगाहरूमा सेता फूल फुल्ने रुखमा ओखरजस्तै फल्ने गर्छ। भन्छन्, ‘सामान्यतया १ देखि १४ मुखेसम्मका रुद्राक्ष सजिलै पाइन्छन्। एक मुखे र ९ देखि १४ मुखेसम्मका रुद्राक्ष भने निकै दुर्लभ मानिन्छन्। धार्मिक दृष्‍टिले महादेवको प्रिय वनस्पति मानिने रुद्राक्ष पहाडी गाउँघरमा ‘दाना’ नामले चिनिन्छ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *