विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हरेक वर्ष ८० करोड १० लाख युनिट भन्दा बढी रगत संकलन गरिन्छ । तर पनि रगतको अभावले अस्पतालको बेडमा कयौं बिरामी छटपटाइरहेका हुन्छन् ।
जुन समस्या नेपालमा समेत विद्यमान छ । यस्तोमा कोही पनि व्यक्तिले रगत अभावका कारण ज्यान गुमाउनु नपरोस् भन्ने ध्येयका साथ एक युवाले रक्तदानलाई सरलीकरण गर्ने एप बनाएका छन् । जसको नाम हो ‘नेपाली ब्लड डोनर’ ।
एप डेभलपर गिरिजा प्रसाद भट्टराईले उक्त एप सन् २०२१ जून १९ मा गुगल प्लेस्टोरमा सार्वजनिक गरेका थिए । एप निर्माण गर्न छ महिनाको समय लागेको उनले बताए ।
नेपालमा पनि कोरोनाको संक्रमण उच्च भइरहेका बेला तत्कालीन अवस्थामा रक्तदानमा हुने समस्या समाधान गर्न सकिन्छ कि भनेर उनले यो एप निर्माण गरिएको कुरा पनि खुलाए। भट्टराईले झापाको मेची बहुमुखी क्याम्पसमा बीसीए को अध्ययन समाप्त गरेका हुन् ।
अध्ययनको क्रममा भट्टराईले मोबाइल प्रोग्रामिङका लागि एप बनाउने योजना बनाएका थिए । तर तत्कालीन अवस्था र कोभिडको महामारीलाई मध्यनजर गर्दै उनले ‘नेपाली ब्लड डोनर’ प्ले स्टोरमा राख्ने गरी सर्भर किनेर काम गर्न थाले ।
झापाको रेडक्रसले रक्तदाताको सूची उपलब्ध गराएको थियो । उनले पहिलो भर्सनमा त्यही डेटा अपलोड गरे । उनी अध्ययन सँगै फ्रिल्यान्सिङ काम पनि गरिरहेका हुन्छन् ।
पुरानो भर्सनमा प्रयोगकर्ता बढ्न थालेसँगै एपमा अन्य फिचरको माग पनि बढ्न थाल्यो । फलस्वरूप उनले सेप्टेम्बर ३१ मा परिमार्जित भर्सन सार्वजनिक गरे ।
पुरानो भर्सनमा समस्याहरू देखिएपछि ब्लड डोनरको नयाँ भर्सन ल्याइएको डेभलपर भट्टराईले बताए । उनी भन्छन्, ‘अझैपनि सुधार गर्नुपर्ने केही कामहरू छन्, जसलाई बिस्तारै अपडेट गर्दै लैजानेछु ।’
यो एप उनले व्यक्तिगत लाभका लागि नभई समाज सेवाका लागि निर्माण गरेका हुन् । कोरोनाको पहिलो चरणमा यो एप निर्माण गरेर उनले प्ले स्टोर कन्सोलमा राखेका थिए ।
झापामा राम्रो चलेपछि उनले नेपालभरकै लागि प्रयोगमा ल्याउन एपमा भएका कमजोरीहरू सुधार्न थाले । अहिलेसम्म एपका दुई हजार भन्द्दा बडी सक्रिय प्रयोगकर्ता रहेको उनले बताए ।अपडेटेड भर्सनमा प्रयोगकर्ताले आफ्नो प्रोफाइल बनाएर सेवा लिन सक्छन् । पहिलो भर्सनमा डोनर रजिष्ट्रर गर्ने व्यवस्था मात्र रहेको एपमा प्रयोगकर्ताको आग्रह अनुसार अन्य फिचर थपिएका छन् ।
उक्त प्लेर्टफर्मको सेवा लिनका लागि भने कुनै प्रोफाइल लगइन आवश्यक पर्दैन । बिरामी तथा आफन्तले सोझै ब्लड बैंक र डोनरलाई सम्पर्क गर्न सकिने उनले बताए ।
अहिले रजिस्ट्रर गर्दा डोनरले आफ्नो रजिष्ट्रर भएको ईमेलमा डोनर आइडी प्राप्त गर्न सक्छन् । उक्त आईडी लगइन गरेर अन्तिम पटक रक्तदान गरेको समय सेट गर्न सकिन्छ ।
युजरले डोनर आईडी बिर्सिएको खण्डमा फर्गेट आईडी गरेर नयाँ आईडीको लागि रिक्वेस्ट गर्न सकिन्छ । झापा जिल्ला भित्रका प्रयोगकर्तामा राम्रो प्रभाव पारेको यो एपको नयाँ भर्सन आएसँगै अन्य जिल्लाबाट पनि प्रयोगकर्ता जोडिन थालेका छन् ।
पहिलेको सिस्टममा रगत दाताको सम्पूर्ण विवरण उल्लेख नभएको हुँदा दातालाई दोहोरिएर कल जाने गरेको थियो । अबको भर्सनमा भने रगत दान गरेको तीन महिना पूरा नभएका दातालाई सम्पर्क गर्दा सिस्टमले रातो बत्ति बाल्ने र रिक्वेस्ट पठाउन नमिल्ने हुन्छ ।
दान गर्नका लागि उपलब्ध भए/नभएको समेत हेर्न मिल्छ । लोकेसनमा आधारित फिचर बनाउँदा प्रयोगकर्तालाई झनै सहजता हुने भट्टराईको अपेक्षा छ । जसका लागि उनी लागिपरेका छन् ।
कहिँकतै रगत नपाएर कसैले समस्यामा पर्नु नपरोस् भन्ने उद्देश्यले विकास गरिएको यो एपलाई सकेसम्म प्रयोगकर्तामैत्री बनाउने उनको सोच छ । व्यक्ति व्यक्तिमार्फत रक्तदाता खोज्दा धेरै दिन बित्छ ।
चाहिएको बेलामा रगत भेटिँदैन । प्रयोगकर्ताको अनुभव बटुलेर एउटै प्लेटफर्ममार्फत धेरै दातासँग जोडिनका लागि यो प्लेर्टफर्म उपयोगी हुने निष्कर्षमा उनी पुगेका हुन् ।
आगामी दिनमा नेपाली ब्लड डोनरको एप्लिकेसनको नाम परिवर्तन गरेर अन्तर्राष्ट्रिय रुपमा प्रयोग गर्न मिल्ने गरी डेभलप गर्ने उनको सपना छ । जसमा अन्य सामाजिक सञ्जालमा जस्तै दातासँग सोझै च्याट गर्न मिल्ने फिचर ल्याउने योजनामा समेत उनी छन् ।
यसो हुँदा डोनरलाई कल गरिराख्नु पर्ने छैन । एपका लागि प्रयोगकर्ताले दिएको प्रतिक्रियाबाट उनी निकै उत्साहित छन् । जसका कारण यो एपलाई दिगो रुपमा लैजान हौसला गिरिजाले पाएका छन् ।
अहिले एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्रै उपलब्ध यो एप चाँडै आईओएसका लागि पनि उपलब्ध गराउने तयारी भइरहेको छ । अहिले भने आईओएस प्रयोगकर्ताले वेब प्लेर्टफर्म प्रयोग गर्न सक्छन् ।
त्यसो त ‘नेपाली ब्लड डोनर’ सँग मिल्दाजुल्दा एपहरू प्ले स्टोरमा थुप्रै पाइन्छन् । यो एप अन्य त्यस्तै एपभन्दा कसरी भिन्न छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘मैले यो एपको अनुसन्धान गर्नु अघि अन्य एपहरू आफैँले पनि प्रयोग गरेर हेरेको थिएँ ।’‘उनीहरूको युजर इन्टरफेस प्रयोगकर्तामैत्री पाइनँ । अपडेट पनि भएका छैनन् र फिचरहरू पनि उपयोगी छैनन् । मैले चाहिँ त्यसै कुरालाई विचार गरेर प्रयोगकर्तालाई आवश्यक फिचरहरू उपलब्ध गराएको छु ।’
✓ प्रोफाइल: NBD को भाग बनेपछि प्रयोगकर्ताहरूले डोनर आईडी सहितको इमेल प्राप्त गर्नेछन्। प्रयोगकर्ताले प्रोफाइल खण्डबाट आफूले चाहेअनुसार आफ्नो जानकारी अपडेट गर्न सक्छ र यसमा दान डेटा र इतिहास व्यवस्थापन गर्न सक्छ।
✓ डोनर कार्ड: प्रयोगकर्ताले सफलतापूर्वक साइन अप गरेपछि आफ्नो डोनर कार्ड बनाउन सक्छन्।
✓ डोनरहरू फेला: प्रयोगकर्ताहरूले एक क्लिकमा नजिकको रक्त दाताहरू फेला पार्न सक्छन् साथै तिनीहरू स्थानीय स्तर अनुसार फिल्टर गर्न सक्छन्।
✓ एम्बुलेन्स: प्रयोगकर्ताले आफ्नो क्षेत्रमा नजिकैको एम्बुलेन्स सेवा फेला पार्न सक्छ र तिनीहरूले आफ्नो एम्बुलेन्स दर्ता गर्न र जनतालाई सेवा प्रदान गर्न सक्छन्।
✓ रक्त अनुरोध: प्रयोगकर्ताहरूले आवश्यक मिति र समयको साथ रगत अनुरोधहरू पोस्ट गर्न सक्छन् र प्रत्येक प्रयोगकर्तालाई उनीहरूको प























