Search
Close this search box.
Search
Close this search box.

विद्यालयमा नै विद्यार्थीलाई कोभिड खोप लगाउने व्यवस्था मिलाउन शिक्षामन्त्री पौडेलको प्रस्ताव

काठमाडौं– शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने विषय आफ्नो पहिलो प्रथामिकता भएको बताएका छन्।

मंगलबार शिक्षा मन्त्रालयमा पत्रकारहरुसँग अन्तक्रिया गर्दै मन्त्री पौडेलले विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।

EPIC EPIC EPIC

विद्यार्थीहरुले कोरोना विरुद्धको खोप लगाउन लाइनमा बस्नुपर्ने अवस्था देखिएको भन्दै स्वास्थ्य मन्त्रालयसँग आज नै छलफल गरेको पनि मन्त्री पौडेलको भनाइ छ।

विद्यार्थीहरुले खोप केन्द्रमा लाइनमा बसेर खोप लगाउनुपर्ने बाध्यता हटाउन देशैभर एकैपटक एकसाताको अभियान नै सञ्चालन गरी विद्यालयमै खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको पनि मन्त्री पौडेलले जानकारी दिए।

‘मेरो पहिलो एजेन्डा सबै विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्थापन गर्ने हो,’ मन्त्री पौडेलले भने, ‘खोप पनि शिक्षण संस्थामा स्वास्थ्यकर्मीहरु लगेर एकहप्ताको अभियानमा देशभरीका विद्यार्थीहरुलाई सम्बन्धित शिक्षण संस्थाहरुमा नै स्वास्थ्यकर्मीहरुले खोपको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेर आएको छु।’

nheicc

उनले  कोरोना महामारीको अवस्था कायमै रहेकाले विद्यालयहरुमा स्वास्थ्य मापदण्ड पालना भए वा नभएको अनुगमन गरिने पनि बताए।

यस्तै शिक्षक अस्पताल निर्माणको प्रक्रिया अगाडी बनाइएको पनि मन्त्री पौडेलले बताए।

मन्त्री पौडेलले सिटिइभिटीको कार्यक्रम अन्तर्गत पिसिएल नर्सिङको भर्ना प्रक्रिया अघि बढाइसकेको पनि जानकारी दिए। आयोगको ऐनमा भएको व्यवस्था अनुसार १०० बेडको आफ्नै अस्पताल भएका नर्सिङ कलेजले मात्र भर्ना पाउने गरी हाललाई भर्ना प्रक्रिया खुलाउने निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए।

मन्त्री पौडेलले कोरोना महामारीका कारण चीनमा एमबिबिएस अध्ययन गरेर इन्टर्नसीप गर्न नपाएका मेडिकल विद्यार्थीको समस्या समाधान गर्ने विषयमा शिक्षा मन्त्रालयमा एक कार्यदल बनेको जानकारी दिए।

सो कार्यादलले प्रारम्भिक रिपोर्ट  प्रस्तुत गरेपछि उनीहरुले अध्ययन गरेको विषय अनुसार नेपालकै शिक्षण संस्थाहरुले ओनरसीप लिने गरी मन्त्रिपरिषद्बाट विशेष निर्णय गरेर उनीहरुको समस्या समाधान गर्ने मन्त्री पौडेलले जानकारी दिए।

त्यसका लागि सोमबार मात्र नेपाल मेडिकल काउन्सिल तथा चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल समेत गरीएको मन्त्री पौडेलले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *