
काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। कांग्रेस सांसद रामहरि खतिवडाको अभिव्यक्तिप्रति असहमति जनाउँदै विपक्षी दलहरूले अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक रोक्ने निर्णय गरेका हुन्।
शून्य समयपछि सांसद खतिवडालाई बोल्न अनुमति दिइएको थियो। उनले रास्वपा सभापति रवि लामिछानेले पदको दुरुपयोग गरेको विषय उठाएपछि विपक्षी दलहरूले उनको भनाइ संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।
यसैबीच, विपक्षी दलका सांसदहरू उठेपछि सदन अवरुद्ध भएको छ। सभामुखले खतिवडाले कुन नियमावलीको आधारमा बोलेका हुन् भन्ने विषय संसद सचिवालयलाई अध्ययन गरी निर्णय लिन निर्देशन दिएका छन्।