विभिन्न प्रतियोगात्मक कार्यक्रमका साथ मनाइयो कचनकवलमा ५८औं राष्ट्रिय बाल दिवस

नवीन उप्रेती, भदौ २९। ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा कचनकवलमा हाजिरीजवाफ प्रतियोगिता, हस्तलेखन प्रतियोगिता र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखा कचनलवलको आयोजना र कचनकवल बाल सञ्जालको संयोजनमा सम्पन्न भएको उक्त प्रतियोगितामा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईको सभापतित्व,कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्यतामा र कचनकवल बाल सञ्जालका अध्यक्ष मनिष बराल, कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, नेपाल शिक्षक महासंघ कचनकवलका अध्यक्ष भैरव सिंह राजवंशी, कचनकवल शिक्षा शाखा अधिकृत मनिता बराल र  कचनकवलका विभिन्न विद्यालय प्रतिनिधिको आतिथ्यतामा कचनकवल-२  स्थित  सुकुनाडिगी सामुदायिक भवनमा र लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयको सभा हलमा ३ विधामा ४ वटा कार्यक्रम सम्पन्न भएको हो।

EPIC EPIC EPIC

जसमा माध्यमिक तह तर्फ भएको  प्रतियोगिताहरुमा हाजिरीजवाफमा प्रथम गोल्डेन फ्युचर माध्यमिक विद्यालय, दोस्रो स्वर्णिम शिक्षा सदन र तेस्रो लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालय र चौथो लक्ष्मी माध्यमिक विद्यालय बनियानी भएको थियो त्यस्तै आधारभुत तहको हाजिरीजवाफ प्रतियोगितामा प्रथम बाल आधारभूत विद्यालाय, दोस्रो सरस्वती आधारभूत विद्यालय, तेस्रो स्वर्णिम शिक्षा सदन र चौथो साउथ दिप एकाडेमी भएको थियो। त्यस्तै प्राथमिक तहको चित्रकला प्रतियोगितामा प्रथम विद्यापाणी माध्यमिक विद्यालय दोस्रो लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालय, तेस्रो विद्या निकेतन माध्यमिक विद्यालय र चौथो कचनकवल विद्या मन्दिर भएको थियो। त्यस्तै प्रा.वि तहको हस्तलेखन प्रतियोगितामा प्रथम लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालय, दोस्रो कचनकवल माध्यमिक विद्यालय, तेस्रो पशुपति प्राथमिक विद्यालय र चौथो विद्या निकेतन माध्यमिक विद्यालय भएको थियो भने उक्त प्रतियोगितामा लक्ष्मी प्रसाद देवकोटा र विद्या निकेत माध्यमिक विद्यालयका विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेको कचनकवल बाल सञ्जालका अध्यक्ष मनिष बरालले जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *