बुद्धशान्ति – झापाको अर्जुनधारा–१ स्थित विरिङ खोलामा एक पुरुषको शव फेला परेको छ । साधुटार –होक्से सडकखण्ड अन्तर्गत गपर्ने खोलामा अन्दाजी ४०/४५ वर्षको पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
ती पुरुष माथिल्लो शरीरको भागमा नाङ्गो अवस्थामा फेला परेका छन् । पेन्ट मात्र लगाएको अवस्थामा खोलामा भेटिएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार शवको पहिचान हुन सकेको छैन । साढे ६ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । थप विवरण आउन बाँकी ।