वीरगञ्ज बालसुधारगृहको काँडे तार काटेर दुई किशोर फरार

वीरगन्ज बालसुधार गृहबाट २ जना किशोर फरार भएका छन् ।

वीरगन्ज-४ वीर्तास्थित बालसुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएको सुधारगृह प्रमुख टिकाकृष्ण काफ्लेले बताए । सुधार गृहमा कूल १२६ जना बालक र किशोर रहेकोमा आज बिहान दुईजना फरार रहेको काफ्लेले बताए ।

EPIC EPIC EPIC

प्रहरीका अनुसार सुधार गृहको छतमा लगाइएको काँडेतार काटेर उनीहरू गृहसँगै टाँसिएर रहेको मेडिकल क्लिनिको छतमा गइ त्यहाँबाट हाम फालेर भागेका हुन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता  प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बालसुधार गृहबाट फरार भएका दुवैजनाको खोजी भइरहेको बताए ।

उक्त बालसुधार गृहमा गत भदौ २६ गते बालबालिकाहरूबीच विवाद भइ झडप हुँदा ३ प्रहरी र ११ जना बालक घाइते भएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च