वैवाहिक बन्धनमा बाँधिए क्रिकेटर आरिफ शेख

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य आरिफ शेख वैवाहिक बन्धनमा बाँधिएका छन् ।

आरिफ बिहीबार सवाना खातुनसँग वैवाहिक बन्धनमा बाँधिएका हुन् । वीरगन्ज महानगरपालिका– १२ का आरिफले मागी विवाह गरेका हुन् । २६ वर्षीय आरिफ नेपाली राष्ट्रिय टिमका अलराउन्डर हुन् ।

EPIC EPIC EPIC

आरिफ सम्मिलित सुदूरपश्चिम रोयल्स ६ पुसमा सम्पन्न नेपाल प्रिमियर लिगको उपविजेता बनेको थियो । एनपीएलको पहिलो संस्करणको उपाधि भने आरिफका भाइ आसिफ मार्की प्लेयर रहेको जनकपुर बोल्ट्सले जितेको थियो ।

आरिफ संलग्न रहेको सुदूरपश्चिम रोयल्स फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
11
+1
3
+1
0
+1
6
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *